दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाले उत्कृष्ट लोगो (छाप) बनाउनेलाई ३० हजार नगद सहित पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाले निशाना छापसँगै पालिकाको छाप प्रयोगमा ल्याउने भन्दै उत्कृष्ट लोगो (छाप) बनाउनेलाई ३० हजार नगदसहित पुरस्कृत गर्ने दुहुँ गाउँपालिकाका सुचना अधिकारी विरेन्द्र राज जोशीले जानकारी दिए ।

पुरस्कृत हुने ब्याक्तीले गाउँपालिका भित्रका ऐतिहासिक, सामाजिक, धार्मिक लगायत पर्यटीय स्थल झल्कने गरी लोगो निर्माण गर्नुपर्ने बताइएको छ । गत बैशाख २६ गते पहिलो पटक पालिकाको तर्फबाट  एक सूचना जारी गर्दै पालिकाको लोगो बनाउने इच्छुक व्यक्ति तथा कम्पनीले गाउँपालिकाको लोगो निर्माण गरी पेश गर्न भनिएको थियो । तर हाल सम्म उक्त सुचना मार्फत कुनै पनि ब्याक्ती तथा कम्पनीले लोगो निर्माणका लागि प्रस्ताव पेश नगरेको सुचना अधिकारी जोशीले बताए । गाउँपालिकाले पुन दोस्रो पटक सुचना प्रकाशित गर्ने जनाएको छ । उक्त  सुचनाको म्याद १५ दिनको राखिने बताइएको छ ।

लोगो निर्माण गरी गाउँपालिकाको इमेल ठेगानामा पठाउन सक्ने जनाइएको छ ।गाउँपालिकाले निशाना छापसँगै पालिकाको छाप प्रयोग गर्ने प्रयोजनका लागि लोगो निर्माण गर्न लागेको जनाएको छ  । पेश भएका मध्ये उत्कृष्ट लोगोलाई छनौट गरी पालिकामा प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय