दार्चुला । जिल्लाको ब्यास गाउँपालिका भित्रका यार्सागुम्बा पाटनमा १५ दिन भित्र ३ घटना घटेका छन । बुधबार दिउँसो १ बजे ब्यास गाउँपालिकाको यार्सागुम्बा पाइने  बन स्याङपा पाटनमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  दुहु गाउँपालिका वडा नम्बर ५ पासुका १४ वार्षिय बालक पारस महरा रहेको मृतकका आफन्त जनक महराले जानकारी दिए ।  मृतक पारस महरा धारीपाटा माध्यामिक बिधालय धारीमा कक्षा ८ मा अध्ययनरत छात्र हुन । त्यस्तै बैशाख १९ गते ब्यास गाउँपालिकाकै भोलीङमा हिमपहिरामा परी ५ जनाको मृत्यु भएको थियो भने सनिवार राती हुम्दुम्ती बनमा चट्याङ लागेर घाइते भएका ३ जनाहरुको हेलिकप्टर मार्फत उद्दार गरि अहिले उपचार गरीरहेका छन । उनिहरुको स्वास्थमा क्रमिक सुधार भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय