दार्चुला । जिल्लाको ब्यास गाउँपालिका १ कुन्ती भन्ने यार्सागुम्बा पाटनमा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवाल रहेको प्रहरीले जनाएको छ ।

बिहिवार यार्सागुम्बा टिप्न गएका ऐतवालको माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ । त्यस्तै, ऐतवालसँगै गएका पुष्कर ऐतवाल घाइते भएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय