दार्चुला । जिल्लामा सवारी साधनहरुको नयाँ भाडादर निर्धारण गरिएको भए पनि कार्यान्वयन भने भएको छैन । आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले छोटो दूरीका सवारी साधनहरु (जीप) को नयाँ भाडादर निर्धारण गरेको हो ।
नयाँ भाडादर अनुसार साविकको निर्धारण गरिएको मूल्यमा ३.२ प्रतिशतले घटेको छ । जेठ १५ गतेदेखि लागू हुने गरी भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । साविकको खलंगादेखि धापसम्मको ६० रुपैयाँ कायम गरिएकोमा अब २ रुपैयाँ घटेर ५८ रुपैयाँ कायम भएको छ । यस्तै खलंगा दत्तुको नयाँ मूल्य ९६ रुपैयाँ, खलंगा मेलखेतको १४५, खलंगा पस्तीको २१७, खलंगा गोकुलेश्वरको ४३५, गोकुलेश्वर बँलाचको ९६, बँलाच लटिनाथ र लटिनाथ मकरीगाडको २४२, गोकुलेश्वर धुलिगडा १९३, धुलिगडा होपरीगाड र होपरीगाड दल्लेख १४५, खलंगा काँटै ७२, खलंगा सेला ९६, खलंगा झुस्कु ११६, खलंगा दल्लेख २४२, खलंगा श्रीबगड ४८, खलंगा चल्लेगडा २४२, खलंगा जोलजिवी २४२, खलंगा सलेती ३३८, खलंगा ऐरीछाना २४२ र गोकुलेश्वर रिठाचौपाता ३३८ रुपैयाँ कायम गरिएको छ । खलंगा चल्लेगाडा सम्मको भाडादर २४२ तोकिएको भए पनि जिप ब्यवसायीहरुले उहीँ पुरानै भाडा ३०० रुपैयाँ उठाइरहेको यात्रुहरूले बताएका छ्न ।
यस्तै सवारी साधनहरुले भाडादर सबै यात्रुहरुले देख्नेगरी टाँस्नुपर्ने र क्षमताभन्दा यात्रु नबोक्न प्रशासनले अनुरोध गरेको छ । यदि नियमको अवज्ञा र भाडादर कार्यान्वयन नगरे कानून बमोजिम कारवाही हुने जनाइएको छ । साविकको भाडादरमा गरिएको पुनरावलोकनसहितको भाडादर कार्यान्वयन गर्न ट्राफिक प्रहरीलाई निर्देशन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय