दार्चुला । जिल्ला सदरमुकाम क्षेत्रमा अहिले हरेक शनिबार महाकाली नदी सरसफाई गरिन लागेको छ । जिल्ला सदरमुकाम क्षेत्रको महाकाली नदीकिनार क्षेत्रमा अहिले जिल्लास्थित सुरक्षानिकायका प्रमुख एवम सुरक्षाकर्मी ,तथा राष्ट्रसेवक कर्मचारीहरु हप्ताको प्रत्येक शनिबार महाकाली नदीको सरसफाईमा जुट्न थालेका छन ।महाकाली नदी सरसफाई अभियान २०८० शुभारम्भ गदैँ हप्ताको प्रत्येक शनिबार जिल्लास्थित सुरक्षाकर्मी राष्ट्रसेवक कर्मचारीहरु सरसफाइमा जुट्न थालेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो ।
महाकाली नदीको स्वच्छता संरक्षणमा सबै क्षेत्रमा काम गर्ने मान्छेको भुमिका उतिक्कै महत्वपुर्ण हुने भन्दै प्रजिअ जोशीले गत जेठ ६ गते शनिबार देखि महाकाली नदी सरसफाई अभियान २०८० शुभारम्भ गरेको उहाँले बताउनु भयो ।कैलाशको शिरबाट बग्ने नदीमा फोहर बढ्न थालेपछि यस सम्बन्धी अभियान नै सञ्चालन गरिएको उनले बताए । खासगरी सदरमुकाम क्षेत्रमा घरभित्र र बजारको ढल महाकाली नदीमा मिसाइएको छ। यसबाट नदी दूषित बन्दै गएको छ ।

महाकाली नदीकिनार क्षेत्रमा अहिले पनि मदिराका बोतल, फोहरजन्य वस्तु जथाभावी फालिएका छन । केही वर्ष पहिले दार्चुला सदरमुकाम खलंगाका स्थानीयले महाकाली नदीको पानी पिउने गरेको स्थानीय राजेन्द्र अवस्थीले बताए । बढ्दो सहरीकरणले महाकाली नदी पनि फोहोर हुनै गइरहेकाले यसको स्वच्छताका लागि समयमै सजग हुनु आवश्यक रहेको उनको भनाई छ । दार्चुला सदरमुकाम भन्दा माथिल्लो क्षेत्रमा महाकाली नदीमा फोहोर फाल्ने प्रवृत्ति कम छ । दार्चुला सदरमुकाम क्षेत्र महाकाली नदी फोहोर गर्ने पहिलो विन्दु रहेको छ । महाकाली नदी स्वच्छता अभियानले नदिको किनारमा दिप प्रज्वलन कार्य संञ्चालन गदैँ आएको छ ।
अभियानले महिनाको अन्तिमतिर तथा संक्रान्ति लगायत चाडपर्वको अवसरमा नदिको किनारमा दिप प्रज्वलन कार्य संञ्चालन गदैँ आएको महाकाली नदी स्वच्छता अभियानका संयोजक शंकर धामीले जानकारी दिनु भएको छ । विशेषगरी जिल्ला सदरमुकाम क्षेत्रको घाटबजारमा दिप प्रज्वलन कार्य हुदै आएको बताइएको छ ।
पछिल्लो समय महाकाली नदी स्वछता अभियानमा महाकाली नदीको स्वच्छताका लागि जिल्लाका अगुवाले चासो राख्न थालेका छन । यसैविच शनिबार आज जिल्लास्थित सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरुले महाकाली नदीको किनार क्षेत्रमा सरसफाई गरेको जनाएको छ । शनिबार आज जिल्ला प्रहरी कार्यालय पछाडी ,खेलमैदान आसपासका क्षेत्रमा सरसफाई गरिएको प्रहरीले जनाएको छ ।
सरसफाइ अभियान प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा हुदै आएको छ । सरसफाइ अभियानमा नगर प्रमुख नरसिह चैसिर समन्वय समिति प्रमख महादेब बडू लगायतको समेत सहभागिता रहेको थियो ।
Cp
