दार्चुला । जिल्ला सदरमुकाम खलंगा बसपार्क नजिक घाइते भइ बेहोस अवस्थामा फेला परेका एक पुरूषको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ । बिहान २ः३५ बजेको समयमा महाकाली नगरपालिकाको वडा नम्वर ४ स्थित जिप पार्क (पिपलवोट) नजिक वेहोस अबस्थामा बर्ष अन्दाजी ३०,३५ को (नाम थर वतन नखुलेको) पुरूष प्रहरीले फेला पारेको थियो । प्रहरीले आफ्नो गाडीमा तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको थियो ।
वेवारिसे अवस्थामा फेला परेका पुरुषको स्वास्थमा गम्भीर चोटका कारण उपचारका क्रममा विहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते पुरूष नेपालगन्ज तिरको रहेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धान गर्न वसपार्क नजिक रहेका पसल साहु लगायत टिकट काउन्टरमा काम गर्ने केहि ब्याक्तिलाई प्रहरीले समातेको छ । घटना वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
