दार्चुला । जिल्लाको मार्मा गाउँपालिका-३ मा ट्याक्टर दुर्घटना भएको छ । बिटुले सकड खण्डको चिउरानीमा शुक्रबार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
लटिनाथबाट राष्ट्रिय प्रशारण लाइनको लागि बिजुलीका पोल ढुवानी गरेर आइरहेको से २ त १६८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक मिलन धामीसहित ट्याक्टरमा सवार तीन जना सामान्य घाइते भएका छ्न । दुर्घटनाको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
