दार्चुला । ब्याँस गाउँपालिकाको २० औँ गाउँ कार्यपालिका बैंठक ब्याँस गाउँपालिका-१ तिंकर गाउँमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मंगल सिह धामीको अध्यक्षतामा शनिवार तिंकर गाउँमा बसेको गाउँकार्यपालिका बैठकले तिंकर नाका खोल्नका लागि पहल गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष बिनोद कुँँवरले जानकारी दिए ।
राज्यको नजर कम पुगेको तिंकर क्षेत्रमा स्थानिय सरकार जनतासँगै रहेको जनतालाई प्रत्याभुती दिलाउन तिंकर गाउँमा बैंठक बसेको उपाध्यक्ष कुवरले वताए ।
लामो समय देखी तिंकर नाका वन्द रहेको हुँदा अहिले तिंकर नाका हुँदै आवतजावत शुन्य रहेको समयमा गाउँपालिकाका सम्पुर्णं कार्यपालिका सदस्य लगायत कर्मचारीहरुको बाक्लो उपस्थितिमा बैंठक सम्पन्न भएको हो ।
त्यस्तै यस अघि ब्याँस गाउँपालिकाको कार्यपालिका बैठक वडा नम्बर ६ हुती, वडा नम्बर ३ सिना र शनिवार १ तिंकर गाउँमा कार्यपालिका बैंठक बसेको छ ।
त्यस्तै कार्यपालिका बैंठकले ब्याँस गाउँपालिकाको पर्यटन प्रवद्र्धन, ब्यासँमा उत्पादन भईरहेको घरेलु मदिरालाई बैधानिकता गर्नेमा पहल गर्ने र थप एक दुई ठाउँ तत्काल विओपी स्थापनाका लागि गर्न पहल गर्ने निर्णय गरेका छ ।
