दार्चुला । राष्ट्रिय जनगणना २०७८ जिल्लास्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्ग कार्यालय, दार्चुलाको आयोजनामा सोमबार भावना सभाहलमा जिल्लास्तरीय नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ अनुसार दार्चुला जिल्लाको जनसंख्या १ लाख ३३ हजार ३ सय १० जना रहेको कार्यालयले जनाएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा सञ्चालन गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेब बडू कश्यपको प्रमुख आर्थित्यता रहेको थियो । राष्ट्रिय तथ्याङ्ग कार्यालय दार्चुलाका तथ्याङ्ग अधिकृत शंकर दत्त भट्टले दार्चुला जिल्लाको जनसंख्या सार्वजानिक गर्नु भएको थियो । राष्ट्रिय जनगणना २०७८ जनगणना अनुसार दार्चुला जिल्लाको कुल जनसंख्या १ लाख ३३ हजार ३ सय १० जना रहेको बताएका छन । जसमा जम्मा परिवार संख्या २८ हजार ४१७ रहेको छ । यस्तै जिल्लामा पुरुषको संख्या ६४ हजार ४२४ तथा महिलाको संख्या ६८ हजार ८८६ रहेको तथ्याङ्ग अधिकृत भट्टले जानकारी दिनु भएको छ ।
जिल्लामा परिवारको औषत आकार ४.६९ प्रतिशत, लैङ्गिक अनुपात महिला पुरुषमा ९३.५२ प्रतिशत,जनधनत्व ५७ तथा २०६८ सालको जनगण्ना जिल्लाको १ लाख ३३ हजार २७४ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा २०६८ देखि २०७८ सम्म जम्मा ३६ जना मात्रै बृद्धि भएको कार्यालयले जनाएको छ ।
दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.०० प्रतिशत रहेको छ । वि.सं. २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको थियो । यस जिल्लाको जनघनत्व प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या ५७ जना प्रतिवर्ग किलोमिटर रहेको छ,।
जिल्लामा परिवारको औसत आकार ४.६९ व्यक्तिहरु प्रति घरपरिवार रहेको छ । २०६८ सालको जनगणनामा ५.४१ रहेको थियो। कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय तथा गौरसरकारी कार्यालय प्रमुख राजनिति दलका प्रतिनिधि सुरक्षाकर्मी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दार्चुलाको जनसंख्या २०६८ को भन्दा ३६ जना बढि
जिल्ला तथ्याकं कार्यालय दार्चुलाले राष्ट्रिय जनगणना २०७८ नतिजा सार्वजनिक गरेको छ । आज एक औपचारिक कार्यक्रम गरेर राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार दार्चुलाको कुल जनसंख्या १ लाख ३३ हजार ३ सय १० रहेको जिल्ला तथ्याकं कार्यालय दार्चुलाले जनाएको छ ।
महिला ६८ हजार ८ सय ८६ र पुरुष ६४ हजार ४ सय २४ गरि जिल्लाको कुल जनसंख्या १ लाख ३३ हजार ३ सय १० जना रहेको जनाएको छ । उक्त जनसंख्या मध्ये धर्मको आधारमा दार्चुलामा हिन्दू धर्म मान्नेको संख्या करिब एक सय प्रतिशत नै रहेको छ ।
धर्मको आधारमा हिन्दु धर्म मान्ने जनसंख्या ९९.७७ प्रतिशत भन्दा बढि नै रहेको छ । जिल्लाको कुल जनसंख्या मध्ये १ लाख ३३ हजार ६ जनाले हिन्दु धर्माम्बली रहेको तथ्याकं कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै बौद्ध धर्म मान्ने १ सय ३७ जना, इस्लाम ३५, किरात ३ जना, क्रिश्चियन १ सय २७ जना र बहाई धर्म मान्ने ३ जना रहेको जनाएको छ ।
प्रत्येक १०÷१० वर्षमा जनगणना गरिने गरिन्छ । राष्ट्रिय जनगणना २०६८ मा दार्चुला जिल्लाको कुल जनसंख्या १ लाख ३३ हजार २ सय ७४ जना रहेको थियो । वि.सं. २०६८ पछि १० वर्षको अन्तरालमा वि.सं. २०७८ मा गरिएको राष्ट्रिय जनगणना अनुसार जिल्लामा जम्मा ३६ जना बढेको तथ्याकंले देखाएको छ । जसअनुसार वार्षिक जनसंख्या वृद्धिदर ०.०० रहेको तथ्याकं कार्यालय दार्चुलाका तथ्यांक अधिकृत शंकर भट्टले जानकारी दिए ।

