दार्चुला ।  लागु औषध चरेश सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बैतडी जिल्ला डिलाशैनी गाउँपालिका वडा नं १ नानराका ५० वर्षीय कमलकुमार रानालाई लागु औषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शैल्यशिखर नगरपालिका वडा– ९  नायलबाट उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

रानाको साथबाट एक केजी ७०० ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चरेश सहित  पक्राउ परेका राना माथि  थप अनुसन्धानका लागि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय