दार्चुला । अपिहिमाल गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । गौरीशंकर आधारभूत विद्यालय मज्जेको प्राङ्गणमा विविध कार्यक्रमका बिच शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रम गौरीशंकर आ •वि• का वि• व्य• स• जेष्ठ सदस्य नारायण सिह धामीको सभापतित्व तथा अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मधनराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अपि हिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए । प्रतियोगितामा वडा न. ०६ मा संचालित सम्पूर्ण ६ वटा विद्यालयहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रममा आधारभूत तह(०-५) स्तरीय हिसाब दाैड प्रतियोगिता , चित्रकला प्रतियोगिता र नेपाली हिज्जे लेखन प्रतियोगिता संचालन गरिएको थियो । कुन बिद्यालय के मा प्रथम हेर्नुहोस तल ।

हिसाब_दाैड_प्रतियोगिता
प्रथम- आशिक धामी (श्री गौरीशंकर आ• वि• मज्जे)
द्दितीय – विनिसा देउरुखी (श्री महादेव आ• वि• खडियान)
तृतीय – आशिष धामी (श्री भुमिराज आ.वि. चौकिबगर)

चित्रकला_प्रतियोगिता
प्रथम- अपिल धामी (श्री गौरीशंकर आ. वि. मज्जे )
द्दितीय- आर्जु जागरी (श्री महादेव आ. वि. खडियान)
तृतीय – हिमान्जल धामी (श्री महादेव आ• वि• खडियान )

हिज्जे_प्रतियोगिता
प्रथम – अनुजा महता (श्री छिपुलकेदार मा. वि. धंकं)
द्दितीय- आर्जु जागरी (श्री महादेव आ. वि. खडियान )
तृतीय-क्रिस्पा धामी (श्री गौरीशंकर आ.वि. मज्जे )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय