दार्चुला । सर्पले डस्दा एक जना किशोरीको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीय छोरी हेमन्ती जोशीको मृत्यु भएको छ ।

उनलाई शुक्रबार बिहान सर्पले टोकेको थियो । त्यसपछि बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

घरको कोठाभित्र सर्पले टोकेको थियो । हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय