दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मिलमिलीका स्वर्गीय गौर सिंह धामीको बार्षिक पुन्य तिथिको अवसरमा तीन वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ।
स्वर्गीय धामीका छोराहरु राम सिंह धामी, ईन्द्र सिंह धामी र नारद सिंह धामीले आइतबार शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का ३ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन ।
नगरपालिकाको वडा नम्बर ६ मा रहेका मालिकार्जुन माध्यमिक विद्यालय मिलमीली, शैल्यशिखर आधारभुत विद्यालय पनेबाज र मालिकार्जुन आधारभुत विद्यालय किडेपातलका १ सय ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा खेल सामग्री वितरण गरेको स्वर्गीय धामीका छोरा नारद सिंह धामीले बताए । उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यले बुवाको बार्षिक पुन्य तिथिको अवसर पारी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको धामीले वताए ।
