दार्चुला । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको  मृत्यु भएको छ । आइतबार आफ्नै घरमा स्वास्थमा केही समस्या देखिपछी भट्ट जिल्ला अस्पताल दार्चुला आएका थिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरेका भट्ट सोमबार बिहान धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिकाको ग्वानीमा मृत्यु भएको भट्टका आफन्त नवराज भट्टले जानकारी दिए ।
भट्टको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । उनको आजै पोस्टमार्टम पछि दाह सस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।
भट्ट २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठवन्धनदलबाट बिजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय