दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्वर ५ मा रहेको भवानी माध्यामिक बिद्यालयलाई वडा कार्यालयले विभिन्न सामानहरु उपलब्ध गराएको छ । बिद्यालयको भवना चुहिने भएर पठन पाठनमा समस्या देखिएपछि बिद्यालय भवनलाई ३ थान त्रिपाल उपलब्ध गराएको अपिहिमाल गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजेन्द्र सिह धामीले जानकारी दिए । त्यस्तै वडा कार्यालयले बिद्यालयलाई १ थान ठूलो टेबल र १ थान रोष्टम समेत उपलब्ध गराएको अपिहिमाल गाउँपालिका सहकर्मी भकत सिह धामीले जानकारी दिए ।
