दार्चुला । जिल्लाको मार्मा गाउँपालिका—४ घोडेधारका गोबिन्द विष्टले भतिजाकी श्रीमती लगेर फरार भएका छन् ।

सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका पारिवारिक स्रोतले बताइएको छ ।

जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर बिष्टले बताए । उनका अनुसार ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर काकाकी हुन् ।घरमा जयन्तीका दुई छोरा छन ।

श्रीमती भागेर गएपछि छोराहरुको बिच्चली भएको पीडित बिष्टले दुखेसो पोखे । श्रीमती काकासंग भागेपछि उनले विलौना पोखेका छन् ।

श्रीमतीको खोजिका लागि दार्चुला प्रहरीमा निवदेन दिएको समेत विष्टले बताए । कसैले देखेमा नेपालको लागि सम्पर्क नम्बर ९८६२५७७२४५र भारतमा ७०३७१४१७५७,९१२९१४३१२२ सम्पर्क गरिदिन आफन्त स्रोतले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय