दार्चुला । आफु काठमाडौं उपचारका क्रममा रहेका बेला आफुलाई षडयन्त्ररची काँग्रेस निकट केहि ब्यक्तिहरुले फसाउन खोजेको मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मदन सिह धामीले वताउनु भएको छ ।
सिद्धटोपी अनलाईन खबरका संचालक प्रेमराज जोशीले घटनाबारे वडा अध्यक्ष धामीलाई बुझ्दा आफुले आफ्नै साला नाता पर्नेको श्रीमतीलाई जवरजस्तीकरणी नगरेको र आफुलाई ठुलो षड्यन्त्र लगाएर फसाउन खोजेको आरोप लगाएका छन ।
घटना भएको समयमा आफु घरमा नभई काठमाडौंमा उपचार गरिरहेको भन्दै माघ महिना देखी फरार रहेको भन्ने कुरा झुठ रहेको धामीले वताए । ।वडा अध्यक्ष धामीलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।
सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामी माथी अभियोग लगाई अदालत पेश गरेको बताइएको छ । दार्चुला जिल्ला अदालतले वडा अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
वडा अध्यक्ष धामी माथी गाउँकै साला नाता पर्नेको श्रीमतीलाई माघ २० गते राती घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो । वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । जबरजस्तीकरणीको आरोप लागरे पुर्पक्षका लागि कारागार चलान भएपछि पनि उनलाई तत्काल निलम्बन गर्नु पर्नेमा मालिकार्जुन गाउपालिकाले अहिले सम्म आलटाल गरिरहेको स्थानिय तथा सरोकारवालाहरुले आरोप लगाएका छन् ।
वडा अध्यक्ष कारागार चलान भएपछि अब पिडित महिलालाई अदालतमा उपस्थित गराई बयान लिइने छ । उनको बयान अनुसार ति वडा अध्यक्षलाई छुटाउने की जेलसजाय गर्ने भन्ने कुराको फैसला हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय