दार्चुला । यहि असार १७ गते शैल्य मालिकार्जुन शिखर धुरामा पुजन जात्रा लाग्दै छ । जिल्लाको शैल्यशिखर नगरपालिकाले सो जात्राको अवसरमा असार १७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज नगरपालिकाले एक सुचना जारी गर्दै मालिकार्जुन देवताको पुजन जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने भएकोले बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताउनुभयो ।

cplokdarpan

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय