दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर —९ गोकुलेश्वर बजार क्षेत्रमा डेरा गरी बस्ने एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार विहान आफनै कोठामा बेहोस अवस्थामा फेला परेका कैलाली जिल्ला गोदावरी नगरपालिका वडा —४ अतरिया बस्ने वर्ष २६ का सचिन बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मालिकार्जुन बेतालेश्वर सुनचाँदी पसलमा कारीगरको रुपमा काम गर्ने बस्नेतको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

विहान अबेर सम्म बस्नेत काममा नआएपछि स्थानीयहरुले खोजी गर्दा उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका बस्नेतलाई स्थानीयहरुले उपचारका लागि अस्पताल लगेको भएपनि डाक्टरहरुले उनलाई सोमबार दिउँसो साढे १२ बजेतिर मृत घोषणा गरेको प्रहरी निरीक्षक एवम सुचना अधिकारी सिंहले बताए । अहिले शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ । शवको पोष्टमार्टम पछि मात्रै आफन्तको जिम्मा लगाईने छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय