बैतडी । सोमबार राती १० बजे तिर डिलाशैनी गाउँपालिकाका कर्मचारीहरु एकआपसमा झगडीएको प्रहरीले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ बरम बजारमा मादक पदार्थ सेवन गरि आपसमै झगडिएका उनीहरुलाई प्रहरीले नियन्त्रण गरेको थियो । नियन्त्रण गरेको केहि समयमै गाउँपालिकाकै एक कर्मचारीको रहोवरमा छोडेको डिलाशैनी प्रहरीले जनाएको छ ।
के थियो त घटना ।
टन्न जाँड खाएका गाउँपालिकाका जनस्वास्थ्य अधिकृत गणेश बहादुर खातीले कम्प्युटर अपरेटर प्रदीप भट्टलाई अपशब्द प्रयोग गरि गाली गरेको र यसै बिषयलाई लिएर सामान्य झगडा भएको गाउँपालिकाका लेखापाल नारद बिष्टले जनाकारी दिए । उता जनस्वास्थ्य अधिकृत गणेश बहादुर खातीलाई बुझदा लेखापाल नारद विष्ट, आलेप जया साउद र कम्प्युटर अपरेटर प्रदीप भट्ट लगायतको टिम आफुलाई कुट्न आएको वताउदै आएका छन ।
