धनगढी । मानव सेवा आश्रम धनगढीमा बस्ने एक महिला हराएकी छन । बैतडीको पंचेश्वर कि ५२ वर्षीय चम्भा चन्द आश्रम बाटै हराएकी हुन । आज भन्दा करीव १९ दिन अघि देखी हराएकी चन्द अहिले सम्म पनि पत्ता लागेको छैन । बिगत १५/१६ वर्ष देखि माईतेघर पंचेश्वर ०४ आम्चौरा मा बस्दै आएकि चम्भाको मानसिक सन्तुलन कमजोर रहेको बुझिएको छ ।
पंचेश्वर गाउंपालिका उपाध्यक्षद्वारा मानव सेवा संगको सहकार्यमा उनका आफन्तजनले जेठ ०७ गते मानव सेवा केन्द्र पठाउने निर्णय गरेका थिए। तर केहि दिन पछि असार ०५ गते आफन्तजनहरू मानव सेवा केन्द्र भेट्न जादा भित्र चम्भा चन्द नभेटाईएकि र त्यो ठाउको जिम्मेवार व्यक्तिहरूसंग सोध पुछ गर्दा चम्भा असार ०३ गते नै भागिसकेकि बताउन भयो ।
तर उहा हराईएको तिन दिन बितिसक्दा मानव सेवा केन्द्रद्वारा आफन्तजनहरूलाई हराईएको कुनै जानकारी नगरेको चन्दका आफन्तले गुनासो गरे । आफन्तजन हरूले पंचेश्वर गाउंपालिका उपाध्यक्षलाई खोजि कार्य मा सहयोगको लागि अनुरोध गर्दा उल्टै तपाईहरूको दिदि हो तपाईहरू आफै खोज्नु भन्ने गैर जिम्मेवार भाषा प्रयोग गराईएको आफन्तले वताए ।
