दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा जिल्लाबाट १२ जना विद्यार्थीले ३.६ भन्दा माथिको जीपीए ल्याएका छन् । विहिबार प्रकाशित नतिजा अनुसार जिल्लामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या जिल्लाभरी १२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाभर  २ हजार ८ सय ८३ जना विद्यार्थी मध्ये ३.६देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना रहेको इकाइ प्रमुख जय राज पन्तले जानकारी दिए ।

यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या जिल्लाभरी ४६ जना रहेको उनले बताए ।  २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीको संख्या जिल्लाभर १२९ जना रहेका छन ।   २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थी संख्या ३५५ जना रहेका छन । २ देखि २.४ सम्म ल्याउने विद्यार्थी ८०४ जना १.६ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या सबै भन्दा बढि १ हजार ४८ जना रहेका छन ।

१.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थी ४२० जना ०.८देखि १.२ जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ जना रहेको कार्यालयले जनाएको छ । गत चैत्र १७ गते देखि  सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा २६ जना विद्यार्थी सहभागि नभएको कार्यालयले जनाएको छ । नियमित तर्फ २ हजार ८  सय ८२ जनाले परीक्षा दिनका लागि फारम भरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय