दार्चुला । जिल्लाको अपि हिमाल गाउँपालिकाको न्यायिक कार्यविधि सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार न्यायिक कार्यविधि सम्बन्धि अभिमुखिकरण कार्यक्रम अपि हिमाल गाउँ पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक देवकी बोहराको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष भगतसिंह ठेकरे बाेहरा रहनु भएको थियो भने विशिष्ट अतिथि तथा प्रशिक्षणमा सहायक जिल्ला न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गाना र शाखा अधिवक्ता गणेश बहादुर बिष्ट रहनु भएको थियो ।
कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्ष, गाउपालिका न्यायिक समिति सदस्य, वडा मेलमिलाप सहजकर्ता लगायत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको अपिहिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय