दार्चुला । महाकाली नगरपालिकाको वडा नम्वर ४ रिङ्न तालमा ढुङ्गाले लागेर एक जना घाइते भएका छन् । घाईते हुनेमा जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर ५ घर भई हाल दार्चुला उद्योग वाणिज्य संघमा कार्यरत कार्यकारी अधिकृत अमर महरा चिया पसलमा बसिरहेको बेला माथिबाट ढुङ्गा खस्दा घाइते भएका हुन् ।
बिहिवार बेलुका ७ः३० बजे तिर मानसिंह बडालको चिया पसलमा माथिबाट ढुङ्गा खस्दा महराको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
.उनको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पछि थप उपचारको लागि धनगढी रिफर गरिएको छ । जिल्ला अस्पताल दार्चुलामा एम्बुलेन्स नहुदा मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स मार्फत धनगढी लगिएको मालिकार्जुन गाउँपालिका वडा नम्वर २ का वडा सदस्य भुवन सिंह धामीले जानकारी दिए । ढुङ्गा खस्दा मान सिंह बडालको पसलमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
