बैतडी । हजुरबुवाको कुटपीटबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका– ६ मुडेलीधारका दीपक साउदका दुई वर्षीय छोरा रेशम साउदको ५० वर्षीय हजुरबुवा गणेश साउदको कुटपीटबाट मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

यस्तै, कुटपीटबाट ८ वर्षीय अर्का नाती रिजन साउद गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ । कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

कूटपिट गर्ने गणेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको मानसिक अवस्था ठीक नरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय