दार्चुला । बैतडीका एक जनप्रतिनीधिको घिनलाग्दो हर्कत सामाजिक संञ्जनल (फेसबुकमा) भाईरल बनेको छ ।
जिल्लाको सुर्नया गाउँपालिका—५ का वडा सदस्य कर्णबहादुर बिष्टले स्थानियहरुलाई गालीगलौच गरी झकडा गरेको र वडा सदस्यले झण्डै हातपातै गर्न खोजेको भिडियो निकै भाईरल बनेको हो ।

वडा नम्बर ५ रडीगाउँमा योजनाको हिसाबका बिषयमा वडा सदस्य बिष्ट र अन्य स्थानीयहरुबिच विवाद भएको उक्त भिडियोमा देखिएको छ ।
महिला समुहबाट निर्माण गरिएको सिँचाइ पोखरी योजनाको बिषयमा विवाद हुँदा वडा सदस्य बिष्ट कुटपिट गर्न उत्रिएका थिए ।
सिँचाइ पोखरी योजना निर्माणको साढे चार लाख आफूले वडा सदस्य बिष्टलाई बुझाएको तर आफूहरुको खर्च भएको रकम नदिएको उपभोक्ता समिति अध्यक्ष कलावती बिष्टले आरोप लगाएकी छिन् ।
योजनाको हिसाबकिताब माग्दा आफूहरुमाथि वडा सदस्य कुटपीटमा उत्रिएका उनले बताइन् ।
यस्तै वडा सदस्य बिष्टले भने आफूमाथि हातपात भएको समेत बताएका छन् । आफूमाथि हातपात गरेकाले आफू बाध्य भएर यसरी उत्रेको उनले बताए ।
(उक्त भिडियो सिद्धटोपी खबरसंग समेत सुरक्षित छ)
