दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले सवारीसाधन लगायत अन्य मर्मतमै ४५ लाख सकेको छ । चालु आर्थिक बर्षमा सवारी साधन मर्मतमा २० लाख बजेट विनियोजित गरेको थियो ।
सवारी साधन मर्मतमा २५ लाख र अन्य उपकरण मर्मतमा २० लाख बजेट खर्च भएको नगरपालिकाका सूचना अधिकारी मनोरथ जोशीले बताउनु भयो । यस्तै नगरपालिकाले विभिन्न तालिम गोष्टीमा २५ लाख ८५ हजार बजेट सकेको छ ।
नगरपालिकाले ईन्धनमा पनि बजेट भन्दा बढि खर्च गरेको छ । ईन्धनमा मात्र ४० लाख बजेट खर्च गरेको छ । कार्यालयको दुई गाडी र २५ मोटरसाईकलमा मात्रै १५ लाखको ईन्धन प्रयोग भएको छ ।
थप अन्य ईन्धन खर्च भनेर ५ लाख सकेको छ भने सडक मर्मतको नाममा २० लाखको ईन्धन खर्च गरेको सुचना अधिकारी जोशीले बताउनु भयो । नगरपालिकाले मसलन्द तथा फर्निचर खरिदमा पनि ३५ लाख खर्च सकेको छ । दिब्यास्त्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय