दार्चुला । जिल्ला सदरमुकाममा रहेको एक होटेलमा युवाहरु बीच सामान्य विवाद भइ झडप हुदा चार जना घाइते भएका छन् ।
महाकाली नगरपालिका वडा नम्वर ४ स्थित रौनक होटलमा एक अर्का बीच विवाद भई झडप हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
घाइते हुनेहरुमा राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष अनिल सिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी,महाकाली नगरपालिका वडा नम्वर १ मलेराका प्रकाश सिंह कार्की र सोही ठाउकै प्रकाश सिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
होटेलमा विवाद हुँदा होटेलमा रहेका वियरका वोतल एकले अर्कोलाई प्रहार गर्दा चारै जना घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचार पछि चारै जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ । घाइते मध्ये अनिल सिंह ठगुन्ना र प्रकाश कार्कीको टाउकोमा चोट लागेको छ ।
यस्तै प्रकाश कार्की र चरनसिंह बुढाथोकीको भने हात र शरिरमा चोट लागेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
