कहिले खुल्छ चीन,तिब्बत संग जोडिएको तिङकर नाका भनिदेउ सरकार
धेरै गर्यौ पहल प्रयास अब नाका खुल्ने निश्चित भाका भनिदेउ सरकार ।
निभेको चुलोमा आगो बाल्न झुट्टा आश र आश्वासनले पुग्दैन अब
बर्षौ पुरानो ब्याँस,तिब्बत ब्यापार पुनःसुचारु गर्ने खाका भनिदेउ सरकार ।
दुखलाग्छ छिमेकी हुम्लाको हिल्सा नाकाबाट पनि जान मिल्दैन
हुम्लाबासी र ब्याँसी एकै होइनन र ? किन गर्छौ काखापाखा भनिदेउ सरकार ।
बेदनाको पोका लिएर सिङ्गो ब्याँसबासी बालुवाटारको दैलोमा पुग्दापनि
सामरिक,त्रीदेशिय सिमानाकामा किन पुग्दैन्न तिम्रा आँखा भनिदेउ सरकार ।
गजलकार दिपक खाती, ब्यास गापा-६ दार्चुला
