दार्चुला । जिल्लाको दोस्रो ठुलो बजार गोकुलेश्वरमा ट्राफिक प्रहरीले बसका चालकलाई हातपात गरेका छन् ।

अस्थायी ट्राफिक पोष्ट गोकुलेश्वरका इन्चार्ज प्रहरी हवल्दार नविन ठगुन्नाले महाकाली यातायाताको सू.प.प्र ०२००१ ख ९४८ नम्बर बसका चालक रमेश खत्रीलाई हातपात गरेका हुन् ।

आइतबार बिहान ६ बजेतिर महेन्द्रनगरबाट रात्री बस चलाएर गोकुलेश्वर पुगेका चालक खत्रीलाई गोकुलेश्वर बजारमा हर्न बजाएको निहुँमा ट्राफिक हवल्दार ठगुन्नाले चालक खत्रीको कठालो समात्दै कुटेका हुन् ।

आइतबार बिहानै गोकुलेश्वर पुगेका बसका चालक खत्रीलाई बजारमा हर्न बजाएको भन्दै ठगुन्नाले कुटेको हो ।

हर्न बजाएको निहुँ खोज्दै ठगुन्नाले बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै करिब दस मिटरको दुरीमा रहेको अस्थायी प्रहरी गोकुलेश्वरको पोष्टमा ल्याएको चालक खत्रीले बताए ।

‘हर्न बजाएको निहुँ खोज्दै बसबाटै कठालो समातेर बाहिर निकाली हातपाग गरे।’उनले भने,‘विहान ६ बजे महेन्द्रनगरबाट सवारी ल्याएर गोकुलेश्वर पुगे । गोकुलेश्वर बजारमा बस,जिपहरुको ठुलो भिड थियो । बस पार्किङमा राख्दै गर्दा हर्न बजाएको थिए,त्यही निहुमा मलाई बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै ठगुन्नाले पोष्ट सम्म ल्याए ।’

गोकुलेश्वरमा महेन्द्रनगर,धनगढी लगायतका ठाउँबाट पुगेका बस,जिपहरु र छोटो दुरीमा चल्ने सवारी साधनको भिड थियो । सडकमै सवारी साधन रोकिएका थिए । त्यही भिडको बिचमा खत्रीको पनि बस थियो । उनले बस पार्किङमा लगाउँदै गर्दा हर्न बजाएका थिए ।

बसका चालक खत्रीलाई हर्न बजाएको निहुँ खोज्दै ठगुन्नाले कुटेको भन्दै महाकाली यातायात,पवनदुत यातायात लगायत अन्य यातायात व्यवसायीहरुले बस,जिपहरु बिच सडकमा लगाएर विरोध गरेका थिए । उनीहरले टा«फिक ठगुन्नालाई कारवाही गर्नु पर्ने र सबैको अगाडी माफी माग्नुपर्ने माग राख्दै विरोध जनाएका थिए ।

ट्राफिक ठगुन्नाले आफुबाट गल्ती भएको भन्दै चालक खत्री र सबै यातायात व्यवसायीहरु समक्ष माफी मागेपछि बस,जिपहरु बिच सडकबाट हटाइएका हुन् । सेतीकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय