दार्चुला । सर्पको टोकाइबाट एक जना महिला घाइतेहुनु भएको छ । घाइते हुनेमा जिल्लाको महाकाली नगरपालिका वडा -५ मोहती बस्ने वर्ष ५९ का नन्दा देवी ऐरीरहेकी छ्न ।
आइतबार बेलुकी करिब ५ बजेतिर आफनै खेतबारीमा घास काट्न गएकी महिलालाई सर्पले टोकेपछि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिहले जानकारी दिए ।

घाइते महिलाको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । अवस्था मध्यम रहेको बताइएको छ । यस्तै गत असार ८ गते जिल्लाको लेकम गाउँपालिका वडा –३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षकि छोरी हेमन्ती जोशीको मृत्यु भएको थियो । सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनु भन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।
