दार्चुला । पछिल्लो समय आयोडिन नुनको खपत बढ्न थालेको छ। केही वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको हो।
दार्चुलामा खलंगा र गोकुलेस्वर गरी आयोडिन नुनका दुई डिपो रहेका छन भने व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन्। बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्री वितरण र प्रयोग दर बढ्दै गएको साल्ट ट्रेडिङ डीपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेम सिंह कुँवरले बताए।

उहाँका अनुसार महाकाली नगरपालिका९४ खलंगामा रहेको बिक्री डिपोबाट आर्थिक वर्ष २०७९/८० मा २ हजार ८ सय २ क्वीन्टल पचास किलोग्राम बिक्री भएको छ ,भने गत आर्थिक बर्षमा खलंगा डिपो संग ३ हजार ५ सय ४६ क्विन्टल ५० किलोग्राम नुन मौज्दात रहेकोमा हाल बिक्री भएर ७ सय ४४ क्विन्टल मात्रै मौज्दात रहेको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा आर्थिक वर्ष २०७९/८० मा ३ हजार ७ सय ८० क्विन्टल मौज्दात रहेकोमा २७ क्विन्टल बिक्री भएको छ। हाल गोदाममा १ हजार ८० क्विन्टल मौज्दात रहेको गोकुलेश्वर डिपो प्रमुख लक्ष्मण सिंह धामीले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय