दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ०४ मा रहेको मरखोला आधारभूत विद्यालयको गेट नजिकै रहेको खोला छेउमा जनश्रमदानबाट बाटो निर्माण गरिएको छ ।

बिहिवार गाउँपालिका उपाध्यक्ष देवकी बोहराको नेतृत्वमा गाउँपालिकाका अन्य कार्यपालिका सदस्य तथा मरखोला विद्यालयका शिक्षक कर्मचारीहरुको संयुक्त टोलिले , ८ घण्टा श्रमदान गरि ५० मिटर जतिलामो बाटो निर्माण गरेका हुन।

बाटो बर्षातको समयमा खहरे खोला आइ विद्यार्थीहरुलाई हिड्न असहज हुने भएकोले जनश्रमदानबाट निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष बोहराले जानकारी दिए ।

बाटो निर्माण भएपछि विद्यालय र नजिकको बासीलाई आवतजावतमा सहज हुने अपि हिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय