बैतडी । डिलाशैनी गाउँपालिका—६ स्थित गोकुलेश्वर कृषि तथा पशुविज्ञान क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ ।
मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिनेट बैठकले गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय गरेको हो ।
गोकुलेश्वर कृषि क्याम्पस आङ्गिक भएको भन्दै नेपाली कांग्रेस डिलाशैनी गाउँ कार्यसमितिले आङ्गिक बनाउन सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेको छ ।
‘अथक लामो प्रयासपछि गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने सफल भएका हौं ।’ डिलाशैनी गाउँपालिका सभापति जयानन्द जोशीले भने,‘हाम्रो अथक प्रयासपछि गोकुलेश्वर कृषि तथा पशुविज्ञान क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएको छ । यस शैक्षिक धरोहरलाई सफलताको यस उचाइमा पुर्याउन डिलासैनीका जनताले निर्वाह गरेको भूमिका र योगदान अतुलनीय छ । हामी डिलासैनीका समस्त जनसमुदायका तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।’
सभापति जयानन्द जोशीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकोछ,‘बैतडीको डिलासैनी गाउँपालिकास्थित गोकुलेश्वर कृषि तथा पशुविज्ञान क्याम्पसलाई नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा मान्यता प्रदान गरेकोमा हामी डिलासैनीका समस्त जनसमुदायका तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।
सुदूरपश्चिमकै अमुल्य रत्न यस शैक्षिक धरोहरलाई सफलताको यस उचाइमा पुर्याउन डिलासैनीका जनताले निर्वाह गरेको भूमिका र योगदान अतुलनीय छ ।’
‘यस पवित्र कार्यमा सहयोग गर्नु हुने नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ९प्रचण्ड०, नेपाली काँग्रेस सभापति एवम् सम्माननीय पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेत माननीय रमेश लेखक, र सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अमर राज जोशी एवम् विश्वविद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

