उमेश दत्त बडु, धनगढी । धनगढीको एक पसलमा दिनहाडै ठगी भएको छ । श्री कृष्ण ईन्टरप्राईजेजका संचालक पाठकले ठगी गर्ने ब्यक्तिलाई कानुनको दायरामा ल्याई कार्वाहीको माग गर्दे जिल्ला प्रहरी कार्यालय कैलालीमा निबेदन दिएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चटकपुरमा रहेको सुरेश पाठकले संञ्चालन गरेको श्री कृष्ण ईन्टरप्राईजेजमा दिनदहाडै दिनेश जोशी नाम बताउने एक अन्जान ब्यक्तिले पाठकको पसलबाट किनेको IMEः 8610550631869 Redmi 12, 5G, 8⁄256GB मुल्य रु ३१ हजार ५ सय पर्ने मोबायल र रु ३५ हजार पर्ने Samsung Smart LED TV, 32 Inch खरिद गरी बिल समेतको समान आफनो बुबाको पसल धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर स्थित सेती काष्ठ तथा स्टिल फर्निचर उद्योगमा पुर्याइदिनु सोही ठाउँबाट रुपैयाँ लिएर आउनु भनेका भएपनि पसल संचालक पाठकलाई झुक्याई रुपैयाँ नदिएर ठगी गरेका हुन् ।

यता, सुदूरपश्चिम मोबायल ब्यवसायी संघका सचिव सन्तोष मण्डलले यसरी दिनदहाडै चोरी भएको बिषयलाई गम्बिरता पुर्वक अनुसन्धान गरी कर्वाहीको माग गरेका छन् ।

