दार्चुला । जिल्लाको व्याँस गाउँपालिकामा भारतिय दुतावासको सहयोगमा विद्यालय भवन निर्माण हुने भएको छ । व्याँस गाउँपालिका वडानम्बर ६ मा रहेको हिमालय मावि हुतीमा भारतिय दुताबासको सहयोगमा विद्यालय भवन निर्माण गरिने व्यास गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेशबहादुर बमले जानकारी दिनुभएको छ ।
भारत सरकारको सहयोगमा संचालित साना विकास परियोजना अन्र्तगत विद्यालय भवन निर्माण गरिने भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, व्यास गाउँपालिका र भारतिय दुताबास विच आज त्रिपक्षिय सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत बमले बताउनुभयो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रलायको सभाहल सिहदार काठमाण्डौमा आज दिउँसो (शुत्रबार) सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
विद्यालय भवन निर्माणका लागि भारतिय दुताबासका फष्ट सेक्रेटरी करुण बंशल, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रलाद कुमार कार्की र व्यास गाउँपालिका अध्यक्ष मंगलसिह धामीले सम्झौता पत्रमा हस्ताक्षर गरेको उहाँले बताउनुभयोे ।
४ करोड ३२ लाख ९५ हजार २ सय २९ रुपैया लागतमा विद्यालय भवन निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत बमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय