दार्चुला । अगामी शुक्रबार र शनिबार हुने माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेडबृद्धि परीक्षामा दार्चुलाबाट १ हजार ९३१ जनाले पूरक ( ग्रेडवृद्धि )परीक्षा दिने भएका छन । जिल्लाभरीका ७४ वटा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले पुरक परीक्षा दिन पाउने गरी तयारी भएको शिक्षा विकास तथा समन्य इकाइ कार्यालय दार्चुलाले जनाएको छ ।

साउन २६ र २७ गते दुई दिन हुने ग्रेडवृद्धि परीक्षाका लागि पाचँ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्य इकाइ प्रमुख जय राज पन्तले जानकारी दिए । जस अन्तरर्गत महेन्द्र नमुना मावि खलंगा विद्यालयमा ३ वटा केन्द्र निर्धारण गरिएको छ, यस्तै जिल्लाको मालिकार्जुन नमुना मावि धाप, तथा छान्ना तिंकरी कन्या मावि खलंगा गरी ५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

महेन्द्र नमुना मावि खलंगाको “क” केन्द्रमा १६ वटा विद्यालयका १९९ छात्रा तथा १८९ छात्रगरी जम्मा ३८८ जना विद्यार्थीले पूरक ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन । महेन्द्र नमुना मावि खलंगाकै परीक्षा केन्द “ख”बाट १२ वटा विद्यालयका २३१ छात्रा तथा १९० छात्रगरी जम्मा ४२१ जनाले परीक्षा दिने पाउने बताइएको छ ।

महेन्द्र नमुना मावि खलंगाकै “ग ”बाट २२ वटा विद्यालयका २४५ छात्रा तथा २३२ जना छात्रागरी ४७७ जना विद्यार्थीले परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्य इकाइ कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाको महाकाली नगरपालिका वडा ७ धापमा रहेको मालिकार्जुन नमुना मावि धाप विद्यालयबाट १३ वटा विद्यालयका २सय जना छात्रा तथा १९३ जना छात्रगरी ३९३ जनाले परीक्षा दिने छन ।

 छान्ना तिंकरी कन्या मावि खलंगा परीक्षाकेन्द्रबाट ११ वटा विद्यालयका १३३ जना छात्रा तथा १२९ जना छात्रगरी जम्मा २५२ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्य इकाइ कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरीबाट १हजार ८ जना छात्रा तथा ९२३ जना छात्रगरी १ हजार ९३१ जनाले पुरक परीक्षामा भाग लिने शिक्षा विकास कार्यालयले जनाएकोे छ ।

मालिकार्जुन नमुना मावि धाप केन्द्रबाट महाकाली नगरपालिकाभित्रका सम्पुर्ण विद्यालयहरुमा अध्यन्नरत विद्यार्थीहरुले परीक्षा दिन पाउने छन ।
यस्तै महेन्द्र नमुना खलंगा क केन्द्रबाट शैल्यशिखर नगरपालिका अपि हिमाल गाउँपालिकाका विद्यार्थीहरुले परीक्षा दिने छन । महेन्द्र नमुना मावि खलंगा ख केन्द्रबाट नौगाड गाउँपालिका र दुुहुँ गाउँपालिकाका विद्यार्थीहरुले परीक्षा दिने छन ।

नमुनाकै ग केन्द्रबाट लेकम मार्मा र व्यासँ गाउँपालिकाका विद्यार्थीहरुले परीक्षा दिने छन । छान्ना तिंकरी कन्या माविकेन्द्रबाट मालिकार्जुन गाउँपालिका सम्पुर्ण विदालयहरुका विद्यार्थीहरुले परीक्षा दिने छन । कुनै विषयमा ग्रेड सी वा सी भन्दा न्यून ग्रेड प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने बताइएको छ ।

बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले समेत पूरक परीक्षा दिने पाउने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ ।  केहीदिनभित्रै सम्बन्धीत विद्यालयका प्रधानाध्यापक लगायत साहयक प्रधनाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने तयारी भएको इकाइ प्रमुख जयराज पन्तले जानकारी दिए ।

विद्यार्थीहरुलाई अनुमतिपत्र सम्बन्धीत विद्यालयमा उपलब्ध गराइने छ । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्ने बताइएको छ । गत चैत १७ गतेदेखि लिएको एसईईको नतिजा गत असार २१ गते विहिबार प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय