दार्चुला । यहि साउन १६ गते जिल्ला सदरमुकाम खलंगामा कार्यपालिकाको बैठक बसी गरिएको कर्मचारी हटाउने निर्णय खारेज गर्न माग गर्दै नेपाली कांग्रेस ब्याँस गाउँकार्य समितिले ब्याँस गाउँपालिकालाई ज्ञापन बुझाएको छ । संघीयता स्थापना भए देखी गाउँपालिका र पालिकाका वडाहरुमा विभिन्न पदहरुमा काम गर्दै आइरहेका कर्मचारीहरुलाई हटाउन गरिएको निर्णय प्रति ध्यानाकर्षण भएको भन्दै गाउँपालिका कार्यसमितिले आज ज्ञापन बुझाएको नेपाल कांग्रेस ब्याँस गाउँपालिका सभापति नरेन्द्र दत्त भट्टले जानकारी दिनुभयो ।

तत्कालिन नेपाली कांग्रेस नेतृत्वको सरकारले संचालन गरेका जनपक्षिय कामहरुलाई पुर्णता दिन तथा कर्मचारी हटाउने निर्णय तत्काल खारेज गर्न कांग्रेसले जोडदार रुपमा माग गरेको छ । गाउँकार्य समिति ब्याँसले २०७४ सालमा निर्वाचित कांग्रेस नेतृत्वको सरकारले निर्माण गरेका जनपक्षिय (खरमुक्त, धुवामुक्त, हिलोमुक्त तथा दीर्घरोगीलाई राहत) जस्ता निति तथा कार्यक्रमहरुलाई हालको सरकारले निरन्तरता नदिएकोमा दुखः व्यक्त गरेको छ । ब्याँस गाउँपालिका पुरै संचारको पहँुचबाट बन्चित भएको एक वर्ष हुन लाग्दा समेत रिपुधारमा रहेको एनटिसीको टावर मर्मत गर्न नसेको प्रति आपत्ती जनाएको छ । नुनको अभावले ब्याँसबासी जनता प्रति किलो २५ रुपैयामा नुन किन्न बाध्य भएको भन्दै तत्काल समस्या समाधानका लागि ज्ञापन मार्फत पालिकाको ध्यानाकर्षण गराएको छ ।

लम्पी स्कीन रोगले पशु मरेर किसानका गोठहरु रित्तिदा पनि राहतका लागि निति निर्माण गर्न नसकेको ज्ञापनमा भनिएको । गाउँपालिकाले तत्कालिन सरकारले निर्माण गरेका ग्रामिण सडकहरु (तिगरम सडक, बनानी सडक, चन्दाकोट सडक, पनीखाल सडक, पथरकोट सडक र मडगाउँ सडक) हरुमा खसेका ढुङगा उठाउन नसकेको ज्ञापनमा उल्लेख गरिएको छ । कांग्रेसले अहिलेको पालिका नेतृत्वले राप्ला र श्रीवगड–बनानी–माल जोड्ने सडक निर्माणका लागि ठेकेदारलाई पेश्की दिएको एक वर्ष सम्म पनि कुनै किसिमको काम नभएको भन्दै जनताका आधारभुत समस्या सामाधान गर्नुको सट्टा पार्टीप्रति आस्थावान कार्यकर्तालाई भर्ती गर्ने काम मात्रै गरिरहेको ज्ञापन मार्फत आरोप लगाएको छ ।

कांग्रेसले दार्चुला–तिंकर सडक यथाशिघ्र सूचारु गर्नका लागि पहल गर्नुपर्ने, सपथ मुल्यमा नुन उपलब्ध गराउनु पर्ने, रिपुधारमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्नुपर्ने, लम्पी स्कीन पशुरोग पिडित किसानलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, विना कारण राष्ट्रसेवक कर्मचारी हटाउने निर्णय खारेज गर्नुपर्ने, राप्ला र श्रीवगड–बनानी–माल जोड्ने सडक निर्माणको काम तत्काल गरिनुपर्ने, २०७९ देखी २०८० को गाउँसभा सम्मको कार्यपालिका बैठकको फोटोकपी उपलब्ध गराउनुपर्ने र ब्याँस घोरेटो बाटो, तिगरम सडक राष्ट्रिय एवंम ब्याँस कृषि शाखाद्दारा संचालित नमुना बगैचा स्थापना कार्यक्रममा भएको भुक्तानी सम्बन्धी आवश्यक कागजपत्र उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

एक हप्ता भित्र मागहरुमा तदारुकता नदेखाई वास्ता नगरीए नेपाली कांग्रेस ब्याँस गाउँकार्य समिति ब्याँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने, धर्ना दिने र आवश्यक कानूनी बाटो आपनाउने जस्ता थप आन्दोलनका कार्यक्रमहरु समेत गर्ने चेतावनी व्यक्त गर्दर्छौ ज्ञापनमा भनिएको छ । गाउँपालिकाको साउन १६ गते बसेको कार्यपालिकाको बैठकले कार्यसम्पादन मुल्याङकनमा कर्मचारीहरुको काम सन्तोशजनक नभएको भन्दै करार सम्झौता थप नगर्ने निर्णय गरेको थियो । गाउँकार्य समितिले उक्त ज्ञापन पत्रकाे बाेधार्थ जिल्ला प्रशासन कार्यालय र नेपाली कांग्रेस जिल्ला कार्य समितिलाइ पनि पठाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय