कैलाली । चुरे पहाडमा भासिएको भीमदत्त राजमार्ग मर्मतको काम आज पनि जारी रहेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा मर्मतको काम जारी रहेको हो ।
बुधबार बिहानैदेखि फेरि पहिरो पन्छ्याउने कार्य भइरहेको भएपनि लगातारको बर्षाले समस्या भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
केही यातायातका साधनहरुले पल्टी गरेर यात्रुहरुलाई गन्तव्यमा पुर्याउने प्रयास गरिरहेका छन् ।
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग नै भासिएपछि मंगलवारदेखी तराई र पहाडको यातायात अवरुद्ध भएको हो । यात्रुहरु पैदल हिडर यातायातका साधान भएको ठाउँसम्म जाने गरेका छन्। बुढीतोला क्षेत्रमा भासिएको सडकबाट मान्छे पनि हिड्न सक्ने अवस्था छैन्। बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँमा पहिरो खस्दा सडक भासिएको हो।
पहिरोले अवरुद्ध सडक खोल्न बुधबार बिहानबाटै सडक डिभिजनको गोदावरीस्थित हेवी इक्पिमेण्ट डिभिजनका उपकरण तथा प्राविधिकहरु खटिएका छन्। तर लगातारको बर्षाले समस्या भइरहेको बताइएको छ ।
