दार्चुला। दार्चुलामा एक महिलाको मृत्युु भएको छ । आईतबार जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी थिइन् ।

आइतबार विहान साउदले घरमा कोही नभएको बेला शरिरमा मट्टीतेल हालेर आगो लगाएको र छिमेकीहरूले थाहा पाएपछि शरिरमा लागेको आगो निभाएर गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएको थियो। साउदको घुडा भन्दा माथीको भाग जलेकाले अवस्था गम्भीर भएको भन्दै गोकुलेश्वर अस्पतालले अन्त्र रेफर गरेको प्रहरीले जनाएको छ ।

आगोबाट जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय