धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा द्धन्द्ध रुपान्तरणका लागि संबाद तालिम आजबाट शुरु भएको छ ।
जनप्रतिनिधि, नागरीक समाज र अगुवालाई लक्षित गरी २३ गते सम्म हुने सामाजिक द्धन्द्ध, प्रभाव र समाज रुपान्तरणबारे अभिमुखिकरण कार्यक्रम शुरु गरिएको छ ।
सामाजिक परिवर्तन केन्द्र काठमाण्र्डाैको आयोजनामा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका जनप्रतिनिधी, नागरीक समाज र समाजका अगुवाहरु गरी २५ जना ३ दिने तालिममा सहभागी छन् ।
वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, वडा सचिव, नागरीक समाजका प्रतिनिधी न्यायिक समितिका सदस्य लगायतलाई लक्षित गरेर तालिम शुरु गरिएको सामाजिक परिर्वतन केन्द्रका फिल्ड अफिसर तपराज जोशी बताए ।
तालिम आजबाट शुरु भई २३ गते सम्पन्न हुने छ । तालिममा सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिने छ ।
