बैतडी । आईतबार देखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बझाङको झोताबाट लोडर मगाएर राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए । बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनेको थियो।

सडक अबरुद्ध बनेलगत्तै दुई वटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो। तर जेसीबीले ढुंगा फाल्न नसकेपछि झोताबाट लोडर मगार अहिले सडक सुचारु गरिएको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय