दार्चुला । नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्चुलाले संगठनका कोषाध्यक्ष  एवं शैल्यशिखर नगरपालिकाका कृषि नायव प्राबिधिक सहायक खेमराज कपाडीको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ । संगठनका अध्यक्ष जनक सिंह बोहराले शोक वक्तव्य जारी गर्दै कपाडीको असामयिक निधनप्रति सिङ्गो संगठन मर्माहत र स्तब्ध बनेको बताएका छन् ।

कपाडीको भदौ २४ गते बैतडीको दोगडाकेदार गाउँपालिका-५ सल्सेनामा भएको मोटरसाइकल दुर्घटना परी मृत्युु भएको थियो। “कपाडीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  उहाँको आत्मको चीर शान्तिको कामनासहित यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।”, शोक वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय