दार्चुला । दुहुँ गाउँपालिका वडा नम्वर २ का बाढी पहिरो पिडितलाई उत्तम बहादुर बमले खाद्यन्न सहयोग गर्नु भएको छ । २०७८ साल भाद्र १३ गते रातिको अबिरल बर्षा सँगै आएको बिनासकारी बाढी र पहिरोबाट प्रभावित दुहुँ २ को गुना, अफरे टोलका ३६ परिवारलाई बुधवार एक कार्यक्रमका बिच खाद्यन्न लागयत अन्य सामग्री बितरण गर्नु भएको हो ।
दुहुँ गाउँपालिका वडा नम्वर २ लस्या निवासि दौले बमका सुपुत्र समाजसेवि उत्तम बहादुर बमले चामल मसिनो १ बोरा, दाल २ किलाग्राम, नुन १ किलो ग्राम, चिनी २ किलोग्राम र चियापत्ति १ पाकेट बितरण गर्नु भएको हो । बितरण कार्यक्रम वडा नम्वर २ का वडा अध्यक्ष गोविन्द सिह डडालको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष शान्ति बमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बमले बाढी पहिरो पिडितलाई थोरै भएपनि चर्केको घाउँमा मलम लगाउने प्रयास गरेको भन्दै बमलाई धन्यवाद दिनु भयो । उत्तम बमले यो भन्दा पुर्व बाढी पहिरो पिडितलाई बेला बेला आर्थिक, खाद्यन्न सहित केहि पिडितहरुलाई जग्गा समेत उपलब्ध गराउनु भएको छ ।
