दार्चुला । जिल्लाको अपि हिमाल गाउँ पालिकाको गौरीशंकर आधारभूत विद्यालयले क्यान्सर पिडितलाई सहयोग गर्दै बाल दिवस मनाएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने मुल नारा का साथ ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम मनाएको हो । दिवसको अवसरमा भवानी माध्यामिक बिद्यालय सौगन्ना कक्षा १० मा अध्ययनरत क्यान्सर पिडित छात्र नन्दन धामीलाई ३ हजार ६ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरि मनाएको अपि हिमाल सहकर्मी भगत धामीले जानकारी दिए ।
साथै दिवसको अवसरमा विभिन्न प्रतियोगितामा विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराइएको थियो । जसअन्तर्गत वक्तृत्वकला प्रतियोगिता, पढाइ गति मापन, बिस्कुट खाने खेल, हिज्जे प्रतियोगिता लगायतका प्रतियोगिताहरु गराईएको सहकर्मी धामीले जानकारी दिए । जस अन्तर्गत प्रथम सगरमाथा सदन, द्धि,तय सैपाल सदन र तृतिय अपिहिमाल सदन भएको छ । विद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य नारायण धामीको अध्यक्ष्यता बाल दिवस कार्यक्रम सम्पन्न भएको हो ।
