धनगढी । धनगढीमा रहेको दृष्टि फाउन्डेसनमा २५ थान म्याट सहयोग गरिएको छ । अभिनेता पल शाह र धनगढीका युवा व्यवसायी तथा समाजसेवी मिलन कुवँरले फाउन्डेसनलाई म्याट सहयोग गरेका हुन ।

नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा अभिनेता शाह र समाजसेवी कुवरले असहाय नारीहरुलाई म्याट सहयोग गरेको फाउन्डेसनकि सञ्चालिका कल्पना भट्टले बताइन् ।

उनले फाउन्डेसन सहारा लिइरहेका मानसिक सन्तुलन गुमाएका महिलाहरुको लागी झण्डै १ लाख ५ हजार बढिका ओछ्याउने म्याट सहयोग गरेको बताइन् । यस्तै खाजाको लागि ५ पेटि चाउचाउ लगाएत अन्य खाद्यान्न सामाग्री समेत सहयोग गरिएको छ ।

यसरी तीजको लहर चलिरहेका बेला गरिएको सहयोगले दृष्टि फाउन्डेसन परिवारमा पनि छुट्टै रहर थपिएको भट्टले बताइन् । उनले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यावाद प्रकट गरिन् ।

मानसिक सन्तुलन गुमाएर परिवार, समाजले हेला गरेका नारीहरुलाई राहत होस् भन्ने उद्देश्यले म्याट सहयोग गरिएको समाजसेवी मिनल कुवरले बताए । असहाय र साहारा बिहिनहरुलाई सहारा दिइरहेका दुबै फाउन्डेसनले समाजमा उदाहरणीय काम गर्दै आइरहेको उनले बताए । उनले समाजसेवी हातहरुले गर्दा समाजमा रहेका असहाय र बेसहाराहरुले सहारा पाइरहेको बताए ।

दृष्टि फाउन्डेसनमा हाल ५० जनाबढी मानसिक सन्तुलन गुमाएका महिला तथा बालबालिकाहरु बसोबास गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय