दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै स्थित महेन्द्र नमुना माध्यमिक बिद्यालयको बाल अनाथालयमा फलफुल तथा स्टेसनरीका समानहरु उपलब्ध गराइएको छ ।

सिद्धटोपी खबरका डटकमका अध्यक्ष एवम् युवा ब्यवसायी, समाजसेबी उमेश दत्त बडुले आफ्नी स्वर्गीय ममतामयि आमाको दिवङ्गत सम्झनामा अनाथ बालबालिका एवम् जिल्ला अस्पताल दार्चुलामा रहेका बिरामीहरुलाइ सुस्वास्थ्यको कामना सहित फलफूल बितरण गरिएको समाजसेबी बडुले जानकारी दिए ।

जिललाको महाकाली नगरपालिका वडा नम्बर ५ मा जन्मिएका बडू उसानै उमेर देखि समाजसेवामा रुचि राख्थे । उनी हाल कैलालीको धनगढीमा बस्छन् । उनको धनगढी मेन चौरामा बडु मोबाईल इलेक्ट्रोनिक पसल छ । यहीँ पसलको शाखा दार्चुला स्थित क्याम्पस रोडमा रहेको छ ।

उनले कोरोनाको समयमा दार्चुलामा खाधान्न एव् औषधि संकट हुन नदिन बिशेष भुमिका समेत निर्वाह गरेका थिए ।
उनकी ममतामयी आमा स्वर्गीय जयमती देबि बडु बाट सामाजिक सेवामा निकै ठूलो लगाव प्राप्त गरेको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय