कैलाली । कैलालीको चुरे गाउँपालिका ५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।

शुक्रवार साँझ से ६ प ८७२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय भीमबहादुर बिक घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका भीमको उपचारका लागि पदमा अस्पताल अत्तरियामा उपचार हुन नसकेपछि निसर्ग अस्पताल धनगढीमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही ठाउँका ४५ वर्षीय ओम प्रकाश सुनारको अहिले निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

पहाडतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय