दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा लागु औषध दुर्व्यसन विरुद्धको महाअभियान सुरु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कार्यक्रम अनुसार जिल्लामा महाअभियान सुरु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शान्ती सुरक्षा अमनचयन स्थापनार्थ गुन्डागर्दि र वेश्याबृत्ति विरुद्धको महाअभियान सुरु गरिएको प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहले जानकारी दिए ।

जिल्लामा रहेका राजनितिक दल,उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ,बजार व्यवस्थापन संघ,मानव तथा महिलाअधिकारकर्मी सम्पुर्ण संघसंस्था नागरीक समाज, शौक्षिक संघसंस्था संचारकर्मी तथा सरोकारवाला सबैको सहयोगका लागि आग्रह गर्नु भएको छ । यो महाअभियानलाई एउटै प्रहरीले संञ्चालन गर्न नसक्ने भएकाले अभियानलाई सफल बनाउन सबै पक्षको आवश्यकता रहेको उनले बताए । महाअभियान अन्तर्गत जिल्लाभरी गाँजा फडानी गर्ने, लागू औषध विरुद्ध सचेतनामूलक कार्यक्रम गर्ने र सूचना आदानप्रदान गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो कार्यक्रम जिल्लाका दुई नगरपालिका तथा सात वटै गाउँपालिकाका ६१ ओटै वडाहरुमा अभियान संञ्चालन हुने प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लामा लागू औषधका कारण बालबालिका देखि जेष्ठ नागरिक समेत प्रभावित भइरहेकाले लागू औषध विरुद्धको महाअभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु ।

लागू औषधका कारण समाजमा विभिन्न खालका अपराधहरु हुने भएकाले लागू औषध नियन्त्रणमा सबैले सहयोग गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।
यसैविच शनिबार आज जिल्ला सदरमुकामको बाङ्गाबगड बजार स्थित लागू औषध बिरुद्धको महाअभियान–२०८० अन्तर्गत लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय