कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११कलुवापुरकी महिला कलावती विष्ट(साउद)को मृत्यु घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर माग अघि सारेका छन् । बुधबार कलावती घरमै झुण्डिएर घर पछाडि मृत फेला परेकी थिइन् ।
कलावतीका श्रीमान अर्जुन साउद भारतमा रोजगारीमा कार्यरत छन् । विवाह भएको १५ महिनामै २२ दिने छोरा बालक छाडेर कसरी आत्महत्या गरेको भन्दै माईती पक्षले छानबिनको माग अघि सारेको हो । मृतक कलावतीका भाई रोशन विष्टले दिदिको समान्य अवस्थामा मृत्यु नभएको र गरायसी तनाव बढी दिने बताएँ।
उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । प्रहरीले उक्त घटनाको छानबिन हुनुपर्ने बताएको बिष्टले बताए । यसमा कसैको पैसा र पावरको हिसाबमा नगरी सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा बिष्ट छन् ।
